बैतडी- बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटका ३७ वर्षीय रघुबिर कुवँर सोही वडाको घङराड भन्ने स्थानमा मृत फेला अवस्थामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुवँरको शव पोष्टमाटमको लागि स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । बिहीबार घरबाट किनमेलका लागि नजिकैको चौथाली बजार जान्छु भनेर घरबाट हिँडेका थिए । आज स्थानीयहरूले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।