अत्तरिया - शनिबार राती करिब १० बजे तिर खाली ना ४ ख २६४० नम्बर को ट्यांकर अनियंत्रित हुँदै अत्तरिया पुग्यो । चोक नजिकै बाणिज्य बैंक नेर ट्यांकर बायाँतर्फ घर भित्र नै गयो । रोडका दुई रुख ढाल्दै गाडी बाँस्कोटा पुस्तक पसल भित्र छिरेको छ ।
गाडीले एउटा बिजुली को मुख्य पोल नै ढालेको छ । गाडी सहायक रोड मा पल्टिएको छ । गाडीले सडकमा आधा दर्जन गाडीलाई कुल्च्दै अगाडि बढेको स्थानीय पदमराज जोशीले बताए । दुर्घटना मा परेर स्थानीय लोकेन्द्र धामी घाइते भएका छन् ।
उनको माया मेट्रो अस्पताल मा उपचार भैरहेको छ । स्थानीय ले बिहान मात्रै थाहा पाए । अहिले घटनास्थल मा स्थानीय को भिड लागेको छ । सडकमा मरेका पशु चौपाया को लाईन छ । मदिरा सेबन गरेका चालक ले गाडी नियन्त्रणमा लिन नसकेपछि दुर्घटना भएको हुन सक्ने स्थानीय ले अनुमान गरेको छ ।
प्रहरी ले चालक २५ बर्षिया डडेलधुरा को आलिताल -२ का गणेश मल्ल लाई नियन्त्रणमा लिएको छ । दुर्घटनालाई स्थानीय ले भयावह भनेका छन् । स्थानीय ब्यबसायी गणेश हमालले दुर्घटना दिउँसो वा अलि अगाडि भएको भए धेरै को ज्यान सक्ने बताए ।
उनले भने - अलि राती भएकाले मानबिय क्षती भएन दिउँसो भएको भए धेरैको ज्यान जान सक्थ्यो । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रबिन्द्रराज पाण्डे ले मदिरा सेबन गरेका चालक ले गाडी चलाएका ले दुर्घटना भएको बताए । उनले घटना को अनुसन्धान भैरहेको र गाडीलाई त्यहाँबाट उठाउने प्रकृया शुरु भैसकेको जानकारी दिए।