अत्तरिया - कैलालीमा दिदीसंग भाडामा बस्दै आएका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं–१ स्थित सुखड पिपल डाँडाबाट बैतडी घर भएका महाबिर बोहराका १३ वर्षीय छोरा सुरेन्द्र बोहरा बेपत्ता भएका हुन् ।
बैतडीको सिगास गाउँपालिका ८ स्थायी घर भएका बोहरा एक महिनादेखि यहाँ दिदीसँग भाडामा बस्दै आएका थिए । सुरेन्द्र हिजो बेलुका करिब ५ बजे खेल्छु भनेर निस्किएका र त्यसपछि सुरेन्द्र बेपत्ता भएको उनकी दिदी प्रमिला बोहराले जानकारी दिइन् ।
सुरेन्द्र बोहरालाई भेटाएमा ९८६५६१३३९४ नम्बरमा सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन । यस्तै प्रहरीले पनि बेपत्ताको जानकारी आएको र खोजी कार्य थालिएको बताएको छ ।