डोटी - सेती नदीमा एक शव फेला परेको छ। डोटीको शिखर नगरपालिका ११ तल्लिसातस्थित सेती नदीमा एक जनाको शव फेला भेटिएको हो।
शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय डोटीको टोली खटिएको र शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले बताए।
शव सडेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।