कञ्चनपुर - जिल्लामा घर भत्किँदा एक बच्चाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्लाको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै , घाइते हुनेमा ११ वर्षीया अर्जुन खुना र ४० वर्षीया मन्ते थारु रहेका छन्।दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।