बैतडी - जिल्लामा जबरजस्ती करणीको आरोपका वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।जिल्लाको मेलौली नगरपालिका १ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्।
२८ वर्षिया पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। वडा अध्यक्ष नेगी गएको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका वडा नं १ को अध्यक्षमा एमालेतर्फबाट निर्वाचित भएका थिए ।