कैलाली- बुधबार कैलाली र कञ्चनपुर आसपासका धेरै स्थानमा भारी वर्षा भईरहेको छ ।
कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीका अनुसार जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकोले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदीतटिय क्षेत्र र होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
