अत्तरिया - गोदावरी नगरपालिका क्षेत्र भित्रमा विकराल समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनको माग गदै गोदावरीका स्थानीय किसानले गोदावरी नगरपालिकाका नगर प्रमुखलाई ज्ञापन बुझाएका छन् ।
राधाकृष्ण टोल सुधार समितिका अध्यक्ष कर्ण बहादुर विक सहित स्थानीयको टोलीले सोमबार नगर प्रमुख बिरेन्द्र भट्टलाई कार्यकक्षमै भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
छाडापशु चौपायाले यस क्षेत्रमा दिनानुदिन सडक दुर्घटना , बजार सौन्दर्य बिग्रेको र सम्पूर्ण किसानहरुले लगाएको बालीनाली पूर्ण रुपमा नोक्सन गरी भोकमारीको समस्या भइरहेको अध्यक्ष विकद्धारा हस्ताक्षतिर ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
छाडा पशुचौपाया समस्यालाई मध्यनजर गरी यसको दिर्घकालिन समाधानको लागि ज्ञापन पत्रद्धारा राधाकृष्ण टोल सुधार समितिले माग गरेको छ ।