बैतडी - जिल्लाको मेलौली नगरपालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरु नगर सभाको तयारीमा खटिनुपर्ने भएकाले असार ८ गते देखि १० गतेसम्मको लागी अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको हो।
बुधबार एक सुचना जारी गर्दै पालिकामा कार्यरत कर्मचारीहरु नगर सभाको तयारीमा खटिनुपर्ने भएकाले असार ८ गते देखि १० गतेसम्मको लागी अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
