बाजुरा - जिल्लाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गौमुल गाँउपालिका १ का ३६ वर्षीय रामबहादुर बोहरा रहेका छन् ।
बाजुरा जिल्ला अदालतले २०७७ चैत २४ गते बोहरालाई लागुऔषध (चरेश) मुद्दामा ५ महिना २ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उनलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको हो ।
उनलाई सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।