अत्तरिया - कैलालीबाट ११ महिने प्रहरी जवान आधारभूत तालिम लिएका सशस्त्र प्रहरी बलका ३ सय ७९ जवान दीक्षित भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालयले आयोजना गरेको आधारभूत तालिमको दीक्षान्त समारोहबाट उनीहरु दीक्षित भएका हुन् ।
बनबेहडामा रहेको शिक्षालयबाट कैलालीका ३ स्थानमा ११ महिने प्रहरी जवान आधारभूत तालिम लिएका ३ सय ७९ जना प्रशिक्षार्थीहरु रहेको दीक्षित भएको जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराइ समारोहमा प्रमुख अतिथि रहनु भएका थियो । उनले शिक्षार्थीहरुलाई दज्र्यानी चिह्न प्रदान र उत्कृष्ट प्रशिक्षार्थीलाई पुरुस्कार समेत वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै बाहिनीपती भट्टराइले तालिमले प्रशिक्षार्थीहरुलाई दक्ष , असल र इमान्दार राष्ट्र सेवकको रुपमा समर्पित हुन तयार गरेको बताए । तालिम लिएका प्ररिक्षार्थीले देशको सुरक्षाका लागि ज्ञान प्राप्त गरेको उनको भनाइ छ ।