चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् ।
इच्छाकामना गाउँपालिका ५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ आउदै गरेको ना६ख ७४६३ नम्बरको बसका सहचालक आइतबार बिहान चिप्लिएर बेपत्ता भएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ ।
अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ ।रासस