अत्तरिया - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार राति साढे १० बजे जिल्लाको गोदावरी नगरपालिका ६ लालपुरमा सु.प.प्र. ०१०१० प ९६०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार उपचारका क्रममा गएराति नै मृत्यु भएको हो। मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।