धनगढी - सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगर धनगढी उपमहानगरपालिकाले धनगढीका नालाहरूको अतिक्रमण हटाउन सुरु गरेको छ ।
धनगढी डुवानको मुख्य कारण खोलानाला अतिक्रमण भएकाले खोलानाला अतिक्रमण नहटाउन्जेल सम्म धनगढी डुवानको समस्या समाधान नहुने भन्दै बुधबारदेखि नालाहरूको अतिक्रमण अटाउन सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।
बुधबार उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्यको सुरुवात गरेको नगर प्रमुख हमालले बताए । नगर प्रमुख हमालले भने, ‘सम्पूर्ण धनगढीवासीमा खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिन अपिल गर्दछु।’