धनगढी-मा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलियाका २० वर्षीय मनुउत्तम चौधरी र सोही ठाउँका २३ वर्षीय किरण चौधरी रहेका छन्।
उनीहरुको साथबाट ११६ नाईट्रोभेट ट्याब्लेट फेला परेको प्रहरीले बताएको छ ।
उनीहरुलाई मंगलबार कैलालीको धनगढी उपमहानगरपालिका २ त्रिनगर भन्सारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।