अत्तरिया -दुर्गालक्ष्मी माध्यामिक बिधालयको अभिभाबक भेलाको उदघाटन सत्र सम्पन्न भएको छ । अब भेलाले बिधालय ब्यबस्थापन समिती चयन गर्ने छ ।
अभिभाबकको तर्फबाट ४ जना प्रतीनिधी चयन हुने ब्यबस्था रहेको छ । जसका लागी ३१ जनाको उम्मेदवारी परेको छ । ७ महिला र २४ पुरुषको उम्मेदवारी परेको बिधालयका प्रधानाध्यापक शिवराज जोशीले बताए ।
सहमतीबाट नै समिती चयन हुने ब्यबस्था रहेको र निर्बाचन गर्ने नपाइने भएको छ । नगरपालिकाबाट स्थानिय समाजसेबी, शिक्षा प्रेमी , चन्दा दाता मध्यबाट २ जनाको नाम सिफारिस गर्ने शिक्षकबाट १ जना र प्रधानाध्यापक १ जना सदस्य सचिब हुने ब्यबस्था रहेको छ । त्यस्तै १ जना वडा अध्यक्ष वा निजले सिफारिस गरेको प्रतिनिधी गरेर ९ जनाको समिती हुने छ ।
त्यसपछी सोही समितीले बिधालय ब्यबस्थापन समितीको अध्यक्ष चुन्ने कानुनी ब्यबस्था रहेको छ । सहमातीको लागी आज नै साँझ छपफल हुने बुझिएको छ । यस क्षेत्रको ठुलो बिधालयको रुपमा रहेको दुर्गालक्ष्मी माध्यामिक बिधालयको ब्यबस्थापन समितीमा जान बिगत मा झै यो पटक पनी हानथाप हुन थालेको छ ।