धनगढी - नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जित बहादुर मल्ल निर्बिरोध निर्वाचित भएका छन् ।
मंगलबार धनगढीमा आयोजित प्रथम अधिवेशनबाट अध्यक्षमा मल्ल निर्बिरोध निर्वाचित भएका हुन् । पहिलो प्रदेश कमिटि सचिव समेत रहेका मल्ल मंगलबार प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।
जिफन्टको प्रदेश सचिवमा चन्द्र प्रकाश गैरे, उपसचिवमा शोभा रावल निर्बिरोध चयन भएकी छन् । यस्तै सदस्यमा कृष्ण प्रसाद डुगेंल, चन्द्रा खड्का, कर्ण बहादूर हमाल, दान बहादूर बिष्ट, अर्जुन न्यौपाने, भोज बहादूर ऐर, चित्रा ओझा, गिता सिहं, बिष्णुमाया अर्याल, कमला देवकोटा, दान बहादूर चन्द, कृती बहादुर शाही, माधवी शाही र हिरादेवी बिष्ट चयन भएका हुन् ।
मंगलबार धनगढीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का सुदूरपश्चिम प्रदेश अध्यक्ष देब बहादुरबमको अध्यक्षमा आयोजित प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन जिफन्टका राष्ट्रिय अध्यक्ष बिनोद श्रेष्ठले गरेका थिए ।