Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
समाज
  • गृहपृष्ठ
  • समाचार
  • म्याद थपियो, सकिएन आयोजनाको काम
म्याद थपियो, सकिएन आयोजनाको काम
64x64
सोमबार, जेठ २३, २०७९ गोदावरी न्युज
म्याद थपियो, सकिएन आयोजनाको काम

टीकापुर - कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वारलगायतका संरचना निर्माणको कामका लागि नगरपालिकाले २०७७ असार ३ गते एउटा निर्माण कम्पनीलाई ठेक्का दियो ।

BCM mOTORS

ठेक्का पाएको कर्णाली निर्माण सेवाले काम सुरुआत गरेको तीन वर्ष पुगेको छ । सम्झौतामा नगरपालिकाले २०७७ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने जनाउँदै सम्झौता गरेको थियो । अहिलेसम्म नगरपालिकाले त्यहीँ आयोजनाको लागि सम्झौता भएको मितिदेखि हालसम्म तीन पटक म्याद थप गरिसकेको छ ।

निर्माण कम्पनीले नगरपालिकाको भित्री परिसरमा माटो पटानी, ग्राभेल हाल्ने काम सम्पन्न गरेको भने पनि अझै कैयौँ ठाउँमा खाल्डाखुल्डी रहेका छन् । घेरा पर्खालको काम पनि पूर्णरुपमा सम्पन्न भएको छैन । दुई वटा प्रवेशद्वार निर्माण गर्नुपर्ने भए पनि एउटा प्रवेशद्वारको काम यतिबेला भइरहेको छ । पश्चिम तिरको प्रवेशद्वार निर्माणको काम सुरु भए पनि दक्षिणतिरको प्रवेशद्वार निर्माणको अझै टुङ्गो लागेको छैन ।

नगरपालिकाले उक्त आयोजनाको लागि रु ७५ लाखको ठेक्का सूचना निकालेको थियो । सो निर्माण कम्पनीले ५५ लाख ४० हजार ८७६ रुपैयाँ १३ पैसामा ठेक्का पाएको थियो । आयोजनाको काम सम्झौताको सयमा सम्पन्न नहुँदा नगरपालिकाले २०७७ चैत मसान्तसम्मका लागि ठेक्काको म्याद थपेको योजना शाखा प्रमुख नवराज जोशीले जानकारी दिए । त्यो समयावधिमा पनि काम नसकिएपछि पुनः २०७८ पुस मसान्तसम्म म्याद थप भएको थियो ।

अहिले आयोजनाको म्याद सकिएको पनि पाँच महिना भइसकेको छ । “नगरपालिकाबाट काम छिटो सम्पन्न गर्न ताकेता पत्र समेत पठाइसकेका छौँ । मौखिकरुपमा जानकारी गराउँदा त्यसको कार्यान्वयन नभएपछि पत्र नै पठाउनुपरेको हो ।” योजना शाखा प्रमुख जोशीले भने, “अहिले काम गरिरहेको छ । अब प्रवेशद्वार निर्माणको काम छ । काम भइरहेको छ । हेरौँ कतिसम्म गर्न सक्छन् ।”

निर्माण कम्पनीले नगरपालिकाबाट हालसम्म रु २२ लाख ५२ हजार भुक्तानी भइसकेको छ । नगर उपप्रमुख खडकबहादुर शाह नगरपालिकाका इन्जिनियरहरुलाई कामको गुणस्तर र समयमै काम सम्पन्न नभए त्यसको जवाफ निर्माण कम्पनीका सञ्चालकले नभई नगरपालिकाका इन्जिनियरहरूले दिनुपर्ने बताउछन्  ।

निर्माण कम्पनीका सञ्चालक नरबहादुर ठकुल्लाले सम्झौता नै आर्थिक वर्षको अन्तिममा भएको जनाउँदै कोरोनाको कारण पनि कामका ढिलाइ भएको बताएका छन् । उनले अन्तिम पटक नगरपालिकालाई आयोजनाको म्याद थपका लागि पत्र पठाएको र मङ्सिरसम्म काम सम्पन्न गर्ने जानकारी दिएका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९, ०८:२५:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला
गौरीफन्टा नाकामा तस्कर र भन्सारका कर्मचारीबीच हातपात ,  ४ जना प्रहरी नियन्त्रणमा
गौरीफन्टा नाकामा तस्कर र भन्सारका कर्मचारीबीच हातपात , ४ जना प्रहरी नियन्त्रणमा
ताजा समाचार
सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका , खोप लगाउन मन्त्रालयको आग्रह सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका , खोप लगाउन मन्त्रालयको आग्रह बुधबार, साउन २५, २०७९
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP