अत्तरिया - प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भावनाको खानी रहेको सुदूरपश्चिम विकासबाट निकै पछाडि रहेको बताउनु भएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औं साधारणसभामा प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो ।
‘गरिबी अझैपनि घटेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका युवाहरु अझै पनि भारतमा मजदुरी गर्न जाने गरेको बताउनु भएको छ । " हाम्रा युवाहरू अझै बम्बई जाने, मद्रास जाने गर्छन् । लाहुर जाने भन्छन् । यस्तो अवस्था छ ।’ प्रधानमन्त्री देउवाले भन्नु भयो ।"
सुदूरपश्चिमको आर्थिक अवस्थाका विषयमा देउवाले चिन्ता प्रकट गर्नु भयो । ‘सुदूरपश्चिमको आर्थिक अवस्था अझैपनि उठ्न नसकेको देउवाले बताउनु भयो ।
सुदूरपश्चिममा विकासको सम्भावना देखाउँदै प्रधानमन्त्री देउवाले भन्नु भयो ," ‘महाकाली र, सेती सुदूरपश्चिममै छ । त्यसको विकास गर्न सकेको खण्डमा अवश्य नै सुदूरपश्चिम धनी हुन्छ ।" मातृभूमिको विकासका विषयमा चासो र चिन्ता प्रकट गरी सुदूरपश्चिम सरोकार मञ्च नेपालले १६ वर्षदेखि काम गर्दै आएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिनु भएको छ ।