अत्तरिया - कैलालीको एक जङ्गलमा महिलाको शव फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका–६ स्थित शिवशक्ति समुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा स्थानीय २४ वर्षिया जलुकी सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजे नुहाउन भनी घरबाट गएकी उहालाई शनिबार स्थानीयले रुखमा झुण्डिएको अवस्थामा फेला पारेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।