कञ्चनपुर - कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–६ को महाकाली नदी किनारामा निर्माण गरिएको शवदाह गृह आज नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको २५ नम्बर वाहिनी अन्तर्गत रहेको श्रीदल गुल्मले ८ लाख ९४ हजार ५८४ रूपैयाँको लगानीमा शवदाह गृह निर्माण गरेको हो । २५ नम्बर वाहिनीका वाहिनीपति पुरुषोत्तम ढकालले निर्माण गरिएको शवदाह गृह नगरपालिका प्रमुख किशोर कुमार लिम्बुलाई हस्तान्तरण गरेका छन् ।
शवदाह गृह निर्माण भएपछि दोधारा–चाँदनी नगरपालिका बासिन्दालाई शवको दाहसंस्कार गर्न निकै सहज हुने भएको छ ।