काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
स्थानीय निर्वाचनलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो।