बैतडी - जिल्लाकी ११३ बर्षीया वृद्धाले मतदान गरेकी छन् । जिल्लाको पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन् ।
मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्दघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस् भनेर आफूले मतदान गरेको भट्टले बताइन् ।
जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।बैतडीमा ४ सय ४० जनप्रतिनिधिका लागि निर्वाचन भइहेको छ ।