दार्चुला - मा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका ४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए।
मतदानपछि फर्किने बेला उनको मृत्यु भएको हो । बुढाथोकीले सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेका थिए।