अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बसन्तपुरमा तपाईको मास्क खै अभियान सुरु गरिएको छ । बसन्तपुरकै स्थानिय युवा ब्यवसायी पुस्कर खड्काको नेतृत्वमा कोरोनाको तेस्रो लहरवाट जोगिनका लागि तपाईका मास्क खै भन्ने अभियान सुरु गरिएको हो ।
गोदावरि ४ मा रहेको स्मृति युवा कलबका अध्यक्ष तथा आर पि कन्स्ट्रक्सनका संचालक रहेका खड्काले म पनि मास्क लगाउँछु ,अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने उद्देश्य राखेर आज बसन्तपुर टोलका स्थानिय तथा सर्वसाधारण यात्रुहरुलाई मास्क वितरण गरेको बताएका छन् ।
उनले स्मृति युवा कलब र आर पि कन्स्ट्रक्सनको संयुक्त आयोजनामा संचालन गरिएको उक्त अभियान अन्र्तगत आज २०० पिस मास्क वितरण गरिएको बताए ।
कैलालीमा कोरोना भाईरसको संक्रमण दर बढ्दै गएको अबस्थामा यसवाट बच्न सबैलाई अनिवार्य मास्क लगाएर मात्रै हिडडुल गर्न भन्दै सचेतना फैलाउन कार्यक्रम गरेको उनले बताए ।
उनले एक दिन मास्क दिएर नहुने तर मास्कको प्रयोग सधै अनिवार्य गरौ भन्ने सन्देश दिनका लागि अभियान सुरु गरेको बताए ।
सो अभियानमा युवा समाजसेवी खड्कासंगै स्थानिय बसन्तपुर टोलका युवाहरुको सहभागिता रहेको थियो ।