अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी धार्मीक हिसाबले मात्रै होइन पर्यटकिय हिसाबले त्यतिकै महत्वपूर्ण छ । गोदावरी नगरपालिका वडा नं २ र ४ मा पर्ने गोदावरी धाम देशभरका बिभिन्न धामहरु मध्येको एक हो ।
अत्तरिया बजारदेखी ८ किलोमिटरको दुरीमा रहेको गोदावरी आन्तरिक पर्यटकहरुको पहिलो रोजाई बन्न थालेको छ । बिषेश गरी गोदावरीमा रहेको काठ र फलामवाट बनेको निकै पुरानो काठे पुल पर्यटकहरुको पहिलो रोजाई बन्न थालेको हो ।
उक्त काठेपुलमा दैनिक सयौको संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय सामाजिक संजाल फेसबुक र टिकटक भिडियो बनाउनकै लागि भएपनि कैलाली कञ्चनपुर लगाएतका बिभिन्न ठाउँवाट ठूलो संख्यामा युवायुवतीहरु काठे पुलमा पुग्ने गरेका छन् । शुक्रवार र शनिवारको दिन त गोदावरीमा थेगिनसक्नु भिड लाग्ने गरेको छ ।
स्थानिय ब्यापारीका अनुसार शुक्रवार र शनिवारका दिन गोदावरीमा एक हजार देखी पन्ध्र सय सम्म मानिसहरु पुग्ने गरेका छन् ।
पछिल्लो समय निकै चर्चामा आएको डोटीको बुडर झर्ना जानका लागि पुग्ने आन्तरिक पर्यटकहरु पनि गोदावरीको पुरानो काठे पुलमा फोटो खिच्दै फर्किने गरेका छन् । गोदावरीकै बाटो भएर छहरा झर्ना पुग्न सकिने भएकाले पनि झर्ना जानेहरु एक पटक गोदावरीको काठे पुलमा पनि पुग्ने गरेका हुन् ।
स्थानिय युवाहरुको अगुुवाइमा गोदावरीको काठेपुलको वरीपरी नेपालको राष्ट्रिय फहराएपछि पुल झनै आर्कषित बनेको छ । काठै काठवाट बनेको पुलमा फोटो खिच्न र टिकटक बनाउदाँ निकै आर्कषित हुने भएकाले पनि आफूहरु गोदावरीमा पुग्ने गरेको गोदावरीमा भेटिएका युवायुवतीहरु बताउदछन् । स्थानिय ठाउँमा पर्यटकहरुको बढ्दै जानु खुसीको कुरा भएपनि बर्षौ पुरानो काठेपुल जिर्ण बन्दै जादाँ कुनै दिन ठूलो दुर्घटना हुन सक्ने जोखिम बढेकोे छ ।
काठहरु कुहिदै गएको र नदीको कठानले पुलको तलको खम्बा पनि कमजोर बन्दै जादा दुर्घटनाको जोखिम बढेको हो । उक्त काठेपुलमा लगाएका काठहरु कुहिदै जादाँ बिच भागमा ठूला ठूला प्वालहरु परेका छन् । त्यहाँ दैनिक युवायुवतीसंगै पारिवारिक रुपमा स साना केटाकेटी बोकेर जाने हुदाँ बिषेश सर्तकता अपनाउनुपर्ने देखिएको छ ।
नभए कुन बेला के हुने हो भन्न सकिने अबस्था नरहेको गोदावरीमा पुगेका पर्यटकहरु बताउँदछन् । सुदूरपश्चिका ७ पहाडी जिल्लाहरुलाई जोड्नका लागि बनाइएको उक्त काठेपुल जिर्ण बन्दै गएपछि नजिकै अर्को पक्की पुल निर्माण गरि काठेपुलवाट सवारी साधनको आवातजावत रोकिएको थियो ।
डिभिजन सडक कार्यालय महेन्द्रनगरले सुचना टास गर्दै उक्त काठेपुलले सवारी साधन र पैदल यात्रुहरुको आवात जावत बन्द गरेको जनाएको छ । यस पुलमा काठ प्रयोग गरि निर्माण गरिएको छ ।
उक्त काठहरु सडेको अबस्थामा छ , त्यसकारण यस पुलमा सवारी साधन तथा पैदल यात्रुहरुको आवतजावत बन्द गरिएको छ डिभिजन सडक कार्यालय महेन्द्रनगरले पुलको दुवै तर्फ सुचना लगाउदै सचेत गराएको छ । तर त्यस तर्फ न त सम्बन्धित निकाय नत त्यहाँ पुग्ने पर्यटकहरु कसैको ध्यान जान सकेको छैन् ।
गोदावरीमा भेटिनुभएका अत्तरियाका स्थानिय आशिष भट्टराईले गोदावरीमा आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै जादाँ आफुसंगै स्थानिय युवाहरुले मिलेर पुल वरपर नेपालको झण्डा लगाएको बताए ।
उनले झण्डा लगाएपछि पर्यटकहरुको संख्या ह्वात्तै बढेपनि दिनप्रदिन जिर्ण बन्दै जादाँ पनि सम्बन्धित निकायहरुले संरक्षण सम्बद्धन गर्न तर्फ ध्यान नदिदाँ दुर्घटनाको जोखिम निकै बढ्दो रहेको बताए ।
"कैलाली कञ्चनपुरका आन्तरिक पर्यटकहरुका लागि नजिकको गन्तब्यका रुपमा रहेको गोदावरी निकै रमाणिय ठाउँ छ , यहाँ आउने जो कसैले पनि आनन्द महसुस गर्दछन् तर दुखको कुरा के छ भने सबै भन्दा बढि रुचाइएको गोदावरीको काठेपुलको मर्मत सम्भार गर्न तफै अहिले सम्म कुनै पनि निकायको ध्यान जान सकेको छैन" उनले भने - "यहाँ बिच बिचमा ठूला प्वालहरु परेका छन् , फोटो खिच्ने बेला कति बेला त्यो प्वालमा खुट्टा जान्छ , म आफै कति पटक यसमा लडेको छु , अर्को कुरा साना साना बच्चाहरु आउछन् उनीहरुलाई सबैभन्दा बढी जोखिम छ ।
उनले युवाहरुले गरिरहेको काममा सरकारले साथ नदिएको गुनासो गरे । गोदावरीको काठेपुलको संरक्षण गर्नमा यहाँको स्थानिय सरकार र प्रदेश सरकारले पहिलो ध्यान दिनुपर्ने बताए । यता गोदावरी नगरपालिकाले भने गोदावरी काठेपुलको मर्मत सम्भारका लागि भनेर अहिले त्यस्तै कुनै योजना नरहेको बताएको छ ।
गोदावरी नगरपालिकाका प्रबक्त एबम् वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले पुललाई आकर्षक बनाउन लागि पुलमा लगाइएका फलमका डण्डीहरुमा रङ्रोगन गर्ने बिषयमा भने छलफल भएको बताए ।
उनले आन्तरिक पर्यटकको रोजाईमा पर्न सफल गोदावरीको पुराना काठे पुल जिर्ण बन्दै गएको प्रति नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले अगामी दिनमा पुलमा रङ्गरोगनसंगै त्यसको मर्मत सम्भारका बिषयमा पनि नगरपालिकाले योजना बनाउने बताएका छन् ।