अत्तरिया - जिल्ला प्रहरी कार्यालय कैलालीका प्रत्येक शाखाहरुमा सुझाव पेटिका राखिएको छ । भरखरै जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड सम्हालेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी आएपछि प्रहरी कार्यालय सम्म पुग्ने सर्वसाधारण नागरिकहरुका गुनासो सुन्नका लागि कार्यालयका प्रत्येक शाखाहरुका सुझाव पेटिका राखिएको हो ।
पछिल्लो समय बिभिन्न खाले प्रबिधिहरु भित्रिएपछि सरकारी कार्यालयहरुमा राखिने सुझाव पेटीका प्रयोगबिहिन बन्दै गएको अबस्थामा कैलाली प्रहरीले भने यसलाई फरक तरिकाले प्रयोगमा ल्याएको छ ।
आफू कैलालीमा आएपछि सुरुमा ट्राइलका रुपमा सुझावहरु संकलन गर्न थालिएको भएपनि नयाँ आर्थिक बर्षको साउन १ गतेदेखी ब्यबस्थित बनाई दर्ता गरेर राख्ने गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।
प्रहरी कार्यालयमा पुग्ने हरेकको गेटमा अभिलेखिकरण राखिने र कार्यालयवाट सेवा लिदाँ भएका गतिबिधिका बिषयमा प्रहरीलाई गुनासो लेखेर उक्त सुझाव पेटिकामा राख्न सकिने ब्यबस्था मिलाइएको छ । नेपाल प्रहरी नागरिकको प्रहरी भएकोे र प्रहरीले प्रबाह गर्ने सेवाहरुको केन्द्रबिन्दु सर्वसाधारण नागरिक भएकाले उनीहरुकै लागि भनेर प्रत्येक शाखा शाखामा सुझाव पेटिका राखिएका उनले बताए ।
"यस अघि प्रहरी कार्यालयमा पुग्नेहरुको गेटमा इन्ट्री हुन्थ्यो , आफ्नो काम गर्थे जान्थ्ये तर अहिले हामीले त्यसलाई केही फरक बनाएको छौ , अहिले प्रहरी कार्यालयमा नागरिकहरु के कामले आउछन् , कहाँ कहाँवाट आउछन् , उनीहरुको प्रहरीप्रतिको बुझाई सोचाई के छ भन्नका लागि गेटमा इन्ट्री गछौ उनले भने -"त्यसपछि एउटा पत्र दिन्छौ त्यो पत्रमा सेवाग्राहीले नाम नलेखि आफुलाई मनमा लागेका कुराहरु लेख्न सक्नेछन् ।"
यसवाट प्रहरी कार्यालयले दिदै आएको सेवा कतिको प्रभावकारी भैरहेको छ , सर्वसाधारण नागरिकहरुले सेवा सुबिधाहरु पाइरहेका छन् कि छैनन , उनीहरुको प्रहरी प्रतिको बुझाइ र धारण के छ भन्ने बिषयमा आफूहरुले सहजै रुपमा जान्न सक्ने प्रहरी उपरिक्षक अधिकारीले बताए ।
प्रदेशको राजधानी समेत रहेको कैलालीमा हत्या ,हिसां ,चोरी, लागुऔषध तथा बालबालिका सम्बन्धि हुने घटनाहरुलाई कम गर्न प्रहरी एक्लैले मात्र गर्न नसक्ने भएकाले यसमा सबै जिल्लावासीहरुको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
उनले प्रहरीले ११ सय भन्दा बढी बिषयमा नागरिकहरुलाई सेवा प्रवाह गर्दै आएकोमा ति सेवाहरु कतिको प्रभावकारीलाई बुझ्नलाई पनि यसले महत्वपूर्ण सहयोग गर्ने बताए । उनले जिल्लामा रहेको १३ वटा प्रहरी कार्यालय र त्यस मातहत रहेको अन्य प्रहरी चौकीमा समेत गरी सबैमा नागरिक गुनासा सुन्नका लागि सुझाव पेटिकाहरु राख्ने काम भैरहेको बताए ।
"हाम्रो सेवाको मुख्य केन्द्र बिन्दु भनेको सेवाग्राहीहरुको सन्तुष्टि नै हो , त्यसैले हामी सेवाग्राहीहरुलाई कसरी सन्तुष्ट प्रदान गर्न सक्छौ भन्नेमा लागि रहेका छौ " उनले भने - "यसले प्रहरीप्रति नागरिकहरुको सम्बन्ध प्रगाढ हुन्छ , मेरो प्रहरी भनेर अपनत्व गर्न सक्ने हुन्छन र समाजमा हरेक नराम्रा कुराहरुलाई निरन्तर खबरदारी गर्दै प्रहरीमा जानकारी गराउन्दछन् ।"
अषाढ २८ गतेवाट सुरु गरिएकोमा अहिले सम्म ५ सय बढीले सेवा लिएको प्रहरीले जनाएको छ । प्रत्येक शाखामा राखिएका सुभ पेटिकाहरुमा आएका गुनासालाई महिनाको एक दिन सार्वजनिक गरिने प्रहरी प्रमुख अधिकारीले बताए ।
अहिले सम्मका सुझावहरुमा धैरै जसोले सकारात्मक रहेको बताएको र केहीले सेवालाई थप सुधार गर्नुपर्ने सुझाव दिएको उनले बताए ।