कैलाली (गोदावरी )-कैलालीको गोदावरीमा रहेको पुरानो पुलमा २१ वटा राष्टिय झण्डा राखिएको छ । थ्रीडीभिएल क्रियसनले आज एक कार्यक्रमको आयोजना गरी ति झण्डाहरु राखिएका हुन । गोदावरीमा आन्तरिक पर्यटनको बिकासको लागी झण्डाहरु राखिएको आयोजकले बताएको छ । केही दिन अघी सोही संस्थाले राखेको झण्डाको डन्डी अज्ञात समुहले भांचेको थियो । २१ वटा झण्डा राखिएपछि पुलमा फोटो खिचाउने र टिकटक बनाउनेको भिड लागेको छ ।



