कंचनपुर - जिल्लाको महेन्द्रनगरमा प्रहरी जवानको परिक्षा दिने बसेका २२ जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुमा संचालन भएको प्रहरी जवान ९खुल्ला तथा समाबेशी० जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रबेश पत्रमा समेत फोटो परीवर्तन गरी हस्ताक्षर समेत कृर्ते गरेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कैलाली गाउपालिका ३ का अबिनास चौधरी , मार्ना गाउपालिका ३ दार्चुलाका गोकुल धामी, मष्टा गाउपालिका ४ दार्चुलाका अजय कठायत ,तल्कोट गाउपालिका ४ बझाङका लोक राज जोशी, मार्मा गाउपालिका ६ दार्चुलाका दिनेश महरा,कैलाली गाउपालिका ६ का लेखराज चौधरी,धनगढी उप महानगरपालिका ४ कैलालीका बिपिन चौधरी ,धनगढी उप महानगरपालिका ५ कैलालीकै लक्ष्मण चन्द, तल्कोट गाउपालिका १ बझाङका दिनेश खाती, मष्टा गाउपालिका ३ बझाङका बलराम कठायत र ४ का कमल कठायत रहेका छन् ।
यस्तै कैलाली गाउपालिका ३ कैलालीका बिषाल चौधरी , टिकापुर नगरपालिका २ कैलालीका सागर बोहरा,धनगढी उप महानगरपालिका ५ कैलालीका सागर बहादुर देउपा, तल्कोट ३ बझाङका नबिन जोशी,थलारा गाउपालिका ३ बझाङका शिवराज नेपाली,दुर्गाथलि गाउपालिका ५ का कृष्ण कठायत, तल्कोट गाउपालिका ३ बझाङका नबिन जोशी,जनबासा गाउपालिका ७ बझाङका बिक्रम बोहरा, मष्टा गाउपालिका ४ बझाङका प्रबिन कठायत , बु.न.पा.७ बझाङका बिमल बोहरा र ज.न.पा. ८ बझाङका जिबन बोहरा रहेका छन् । उनीहरु माथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।