कञ्चनपुर - कञ्चनपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको बेलौरी नगरपालिका ६ भुरकोट बस्ने वसन्ती चौधरीले फरुवा हानेर श्रीमान ओमकुमार चौधरीको हत्या गरेकी हुन् ।
घरायसी विवाद क्रममा आज बिहान वसन्तीले श्रीमान माथि फरुवा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
विहान ५ बजे घटनाबारे जानकारी पाए लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको र फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
ओमकुमारको शव टाउकोमा चोट लागेको अवस्थामा घरभित्रै फेला परेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।