अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं १० दमौरामा लघु उधमीहरुका लागि संचालित तालिमको अनुगमन तथा प्रबिधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उधोग कार्यालय धनगढीको आर्थिक सहयोग तथा सामाजिक कल्याण र सहायता संगठन नेपालको आयोजनामा संचालित तालिमकोे अनुगमन गर्नुका साथै स्तरोउन्नती तर्फका लघु उधमीहरुलाई प्रबिधिहरु हस्तान्तरण गरिएको हो ।
गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम मेडपा अन्तर्गत गोदावरी नगरपालिकाको वडा नं १० को दमौरामा संचालित तालिमहरु कत्तिको प्रभावकारी भैरहेको छ , तालिममा सहभागीहरुले के के कुराहरु सिके, तालिम लिनुको मुख्य उध्ेश्य र तालिम पश्चात उनीहरुको भावी योजनाका बारेमा अनुगमन टोलीले सहभागीहरु संग छलफल गरेका थिए ।
छलफलका क्रममा तालिममा सहभागी लघु उधमीहरुले आफुले सिकेको सिपलाई सहि ढगंले प्रयोग गरेर ब्यवसायिक रुपमा अघि बढ्ने बताएका छन् । उनीहरु मध्ये तरकारी खेती तालिम लिएकाहरुले आफुले सिकेको सिप र ज्ञानलाई सदुपयोग गरेर अबको केहि बर्षमै सबै मिलेर १,२ विगाहा जमिनमा तरकारी खेती गरेर ब्यबसायिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
अनुगमन कार्यक्रममा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख नबराज भट्टले अति बिपन्न , न्युन आयस्तर भएका , गरिब , बेरोजगारी सबैलाई समेटेर घरेलुले बिभिन्न खाले सिपमुलक कार्यक्रमहरु संचालन गरिरहेकाले सिकेको सिपलाई सहि सदुपयोग गरेर ब्यवसायिक बन्न आग्रह गरे । उनले तालिम सिकेका उधमीहरुले उत्पादन गरेका वस्तुहरु बजार सम्म पुञ्याउन र आवश्यक प्रबिधिको सहयोग गर्न घरेलु तथा साना उधोग कार्यालय सदैव सकारात्मक रहेको बताए ।
उधोग , पर्यटन वन तथा वातावरण मन्त्रालय सुदुरपश्चिमका प्रादेशिक लघु उधम विकास अधिकृत भिम बहादुर बिष्टले आफ्नो लगानी उपलब्धीमुलक भएमात्रै राज्यले लगानी थप्दै जाने बताए । राज्यले अति बिपन्न , न्युन आयस्तर भएका , गरिब , बेरोजगारीलाई पनि आत्मनिर्भर बनाउनुपर्छ , उनीहरुका लागि पनि केहि सिपमुलक कार्यक्रमहरु संचालन गर्नुपर्छ भनेर लाखौ रुपैया खर्च गरेर तालिमहरु संचालन गर्छ उनले भने तर त्यो तालिम सिक्नेहरुले दुई चार दिन तालिम खुब मन लगाएर सिक्छ पछि सबै बिर्सिन्छ यसले गर्दा राज्यको लगानी जति सबै खेर जान्छ । आफुले सिकेको सिप र ज्ञानलाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्न सके थुप्रै उपलब्धी हासिल गर्न सकिने उनको भनाई थियो । यसैबिच कार्यक्रममा सहभागी स्तरोउन्नती तर्फका उधमीहरुलाई बिभिन्न खाले उपयुक्त प्रबिधिहरु वितरण गरिएको छ ।
गोदावरी नगरपालिका वडा नं १० दमौरा र वडा नं ३ मुक्तिनगरका गरी जम्मा २५ जना उधमीहरुलाई बिभिन्न खाले प्रबिधिहरु वितरण गरिएको हो । यसरी वितरण गरिएका प्रबिधिहरुमा सिलाई कटाईका लागि आवश्यक इन्टरलक मेसिन , सिलाई मेसिन , सिलाई काउन्टर , नास्ता पसल र बंगुर पालनका लागि टिन प्रतिब्यक्ति ११ वटा , प्लाष्टिकका कुर्ची टेबुल , राइस कुकर , चाउमिन र मम बनाउने भाडा लगाएत रहेका छन् । यि सामग्रीका खरिद गर्न चाहिने केहि रकम उधमीको र बाकि सबै घरेलु कार्यालयले दिएका हो ।
गोदावरी नगरपालिका वडा नं १२ ओलानीमा ११ वटा बाख्रा बितरण गर्न बाकि रहेको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रमका उधम विकास सहजकार्ता ज्ञानु शाहीले जानकारी दिइन् । गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम गोदावरी नगरपालिकाको वडा नं ३ , १० , ११ र १२ मा चलिरहेको अर्थात स्तरोउन्नतीमा रहेको र वडा नं ८ र ९ मा नया संचालन भएको उनले बताइन् ।
अनुगमन तथा प्रबिधि हस्तान्तरण कार्यक्रममा अनुगमन समितिका सदस्य जिल्ला समन्व्य समितीका मालती बि.क , सदस्य जिल्ला लघु उधमी संघका गणेश विष्ट , सदस्य घरेलु तथा साना उधोग कार्यालयका हंशराज भट्ट , घरेलुका अधिकृत नबराज भट्ट , उघोग मन्त्रालयका भिम बहादुर बिष्ट , सामाजिक कल्याण र सहायता संगठन नेपालका अध्यक्ष बल बहादुर साउद लगाएतको उपश्तिथी रहेको थियो ।