अत्तरिया - कैलालीको अत्तरियामा निशुल्क ३९० घण्टे केश श्रृंगार तालिम सम्पन्न भएको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा राशी मल्टिट्रेनिङ् इन्टिच्युट प्रा.ली आयोजना गरेको उक्त तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।
राशी मल्टिट्रेनिङ् इन्टिच्युट प्रा.लीकी संञ्चालक शोभा थापा राबलको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउद प्रमुख अथिती रहनुभएको थियो भने उपप्रमुख रत्ना कडायत बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष कर्ण सिं बोहरा , कार्यपालिका सदस्य इश्वरा आचार्य , गोदावरी नगरपालिककी महिला विकास अधिकृत गोदावरी खत्री , पत्रकार , प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साउंदले सिकेको सिपलाई सहि ढंगले प्रयोग गरेमा एक सफल ब्यवसायी बन्न सकिने बताए । उनले कुनै पनि कुरा सिक्न र बुझ्नका लागि सबै भन्दा पहिले इच्छा , चाहाना र चासो हुनुपर्ने बताए । यदि इच्छा , चाहान र चासो भएमा मात्रै सिकेको सिप काम लाग्ने नत्र नगरपालिकाले दिएका कुनै पनि तालिमहरु काम नलाग्ने बताए ।
नगरपालिकाले आगमी आर्थिक बर्षमा पनि महिलाहरुका लागि बिभिन्न सिपमुलक कार्यक्रमहरु ल्याएको बताउदै नगरप्रमुख साउदले तालिम लिएर केहि गर्न चाहाने महिलाहरुका लागि नगरपालिका सदैव सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै उपप्रमुख रत्ना कडायतले नगरपालिकाले हरेक बर्ष महिला दिदिबहिनीहरुलाई आत्म निर्भर बनाउन बिभिन्न खाले सिपमुलक तालिमहरु संचालन गरिरहेकाले तालिममा सिकेको कुरालाई सहि सदुपयोग गर्न सक्नुपर्ने बताइन् ।
उनले तालिम समापन नभई अब सुरु भएको बताइन् । ‘प्राय म सबै कार्यक्रममा भन्ने गर्छु , तपाईहरुको तालिम सकिएको होइन ’उनले भनिन् – ‘अब यो सिकेको कुरालाई कसरी मैले अगाडी बढाउने , के गर्दा म आत्मनिर्भर बन्न सक्छु भन्ने अब सोच्नुपर्ने बेला आएको छ ।’
राशी मल्टिट्रेनिङ् इन्टिच्युट प्रा.लीकी संञ्चालक शोभा थापा राबले तालिम अबधिभर सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । तालिममा यस क्षेत्रका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमको संचालन प्रशिक्षार्थी लक्ष्मी भट्टले गर्नुभएको थियो ।