Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०५:४९:२८
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
समाज
  • Home
  • News
  • आफ्नो समस्याको समाधान आफैँ गर्दै बालबालिका
आफ्नो समस्याको समाधान आफैँ गर्दै बालबालिका
64x64
सोमवार, पुष ६, २०७७ गोदावरी न्युज

कैलाली - कैलालीको टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे । किशोरीले आफैँलाई पढाउने शिक्षकलाई मन पराउने रहिछन् । आफैँलाई पढाउने शिक्षकलाई नराम्रो दृष्टिले मन पराउनु गलत हो भन्ने थाहा भए पनि उनका मनमा गलत विचार आउन थाले । मनमै कुरा खेलाउँदा उनको पढाइ बिगाँदै गयो ।

पछि उनी विद्यालय आउनै छोडिन् । वडामा गठन भएको बाल क्लबका सदस्य किशोरीले विद्यालय आउन छोडेको जानकारी पाएपछि उनको घर गए । किशोरीलाई परिवारका सदस्यले गाली मात्र गर्ने गरेका रहेछन् । बाल क्लबका किशोरकिशोरीले उनलाई एक्लै राखेर लामो छलफल गरेपछि उनले कुरा खोलिन् ।

हरियाली बाल क्लबका अध्यक्ष कबिर विक क्लबमा किशोरकिशोरीका समस्या र समाधानका उपायबारे छलफल गर्ने गरेको बताउनुहुन्छ । “हाम्रो समाजमा अझै बालबालिकाको मञ्जुरी बिना बालविवाह हुन्छ । यसको हामी विरोध गर्छौँ”, अध्यक्ष विक भन्नुहुन्छ, “महिनामा दुईरतीन पटक हामी बस्छौँ, छलफल गर्छौँ ।

हामी यौन तथा प्रजनन शिक्षाका कुरामा समेत छलफल गर्छौँ ।” छोरीहरुलाई घरको काम धेरै हुँदा बैठकमा समेत आउन नपाएका बताउँदै विक भन्न्नुहुन्छ, “छोराहरु विद्यालयपछिको समय फुर्सदमा हुन्छन्, छोरीहरु घरको कामबाट फुर्सद पाउँदैनन्, समान व्यवहारका लागि हामीले अभिभावकसँग पनि छलफल गर्न थालेका छौँ ।”

बाल क्लबका पदाधिकारीले बालबालिकासम्बन्धी भइरहेका घटना न्यूनीकरणका लागि छलफल गर्ने र विद्यालय छाड्नेलाई विद्यालयसम्म ल्याउने काम गर्छन् । उनीहरुले लैङ्गिक हिंसा, बालअधिकार, समस्यामा परेकालाई सहजीकरण गर्छन् । छोराछोरीमाथि विभेद, छोरीलाई संस्कारको बन्धनलगायतका विषयमा किशोरकिशोरीले बैठकमा विचार साटासाट गर्छन् ।

टीकापुर–४ बाघमारा दीपशिखा बाल क्लबका अध्यक्ष तथा टीकापुर नगरपालिकास्तरीय बाल संरक्षण समितिका सदस्य अप्सा चौधरी क्लबले लकडाउनका समयमा बालविवाहविरुद्ध जनचेतना फैलाउने काम गरेको बताउनुहुन्छ । “लकडाउनपछि विद्यालय बन्द हुँदा बालविवाह बढ्नसक्छ भनी समुदायमा गएर छलफल चलायौँ”, अप्साले भन्नुभयो, “समुदायमा बालबालिकासम्बन्धी भएका घटना र किशोरावस्थामा आवश्यक पौष्टिक आहाराका बारेमा समेत छलफल गरेका छौँ ।”

दीपशिखाका कोषाध्यक्ष सविन चौधरी बाल क्लबमा आबद्ध भएपछि उहाँको आनीबानी परिवर्तन भएको छ । विगतमा परिवारको अटेरी बच्चाका रूपमा रहेका सविन आजभोलि गाउँमा अभियानकर्मी बन्नुभएको छ । “म घरबाहिर बढी डुल्थेँ, अटेरी थिएँ । घरमा भनेको मान्दिनथेँ । आजभोलि राम्रो पढ्छु”, सविन भन्नुहुन्छ, “घरमा ज्ञानी भएको छु । अरुलाई समेत सिकाउँछु । लकडाउनका बेला हामीले समुदायमा कोरोना भाइरस सङ्क्रमणबारे जनचेतना जगाउने काम गर्यौँ ।”

बाल क्लबका पदाधिकारीले स्थानीयस्तरमा हुने विकासका कार्यमा बालबालिका सहभागी गराउनुपर्ने माग गर्न थालेका छन् । स्थानीय तहले छनोट गर्ने योजना बालमैत्री हुनुपर्ने उनीहरुको माग छ । कैलालीको टीकापुरमा रहेको बाल कल्याण सङ्घले बाल क्लब गठन गरेर बालबालिकालाई सचेत बनाउने र सामाजिक कार्यमा सक्रिय बनाउने काम गरिरहेको छ ।

बालबालिकालाई भेद्भाव, शोषण, दुव्र्यवहार, अपहेलना, यौन शोषणजस्ता कार्यबारे सचेत गराउन सङ्घले नगरपालिकाभित्र १७ वटा बाल क्लब गठन गरेको छ । क्लबका पदाधिकारीलाई शुरुमा तालीम दिएर हाल उनीहरुले समुदायमा तालीम दिन थालेका छन् ।

बाल कल्याण सङ्घका निरीक्षक द्रोपती तिमिल्सिनाले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई गलत बाटोमा लाग्न नदिन क्लबमार्फत जिम्मेवार बनाउन थालेको बताउनुभयो । “बालबालिकाई सही मार्गमा हिँडाउन सबैको महत्वपूर्ण भूमिका हुनुपर्छ”, तिमिल्सिना भन्नुहुन्छ, “बालबालिकालाई किशोरावस्थामा जिम्मेवार बनाउन सके समाज सुन्दर हुन्छ । उनीहरु समाज विकासमा लागे भविष्य सुन्दर हुन्छ ।”

बाल अधिकारबारे बालबालिका सचेत बनाउन सरकारले पनि बालबालिकाई नेतृत्वमा ल्याउने प्रयास थालेको छ । सरकारले हरेक स्थानीय तहमा बाल संरक्षण समिति गठन गरेर उनीहरुलाई सामाजिक जिम्मेवारी दिएको छ । “बालबालिका स्थानीय सरकारका सबैखाले अभियानमा सहयोगी बनेका छन्”, टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले भन्नुभयो, “बालबालिकाका समस्या र आवश्यकता उनीहरुलाई नै थाहा हुने भएकाले उनीहरुलाई सचेत गराउन सरकार सहयोगी भएको छ ।”

वडाध्यक्ष आचार्य बालबालिकालाई बाल संरक्षणसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रावधान, महासन्धि र त्यसले प्रत्याभूत गरेका विषयबारे सचेत बनाउने कार्य स्थानीयस्तरमा शुरु गरिएको बताउनुहुन्छ । “बालबालिका सचेत भएमात्र समाजले राम्रो उत्पादन पाउने भएकाले हामी जिम्मेवार बनेका छौँ”, वडाध्यक्ष आचार्य भन्नुहुन्छ, “हरेक अभिभावकले बालबालिकालाई गलत सङ्गतमा लाग्नबाट जोगाउन सचेत बन्न जरुरी छ ।” रासस


प्रकाशित मिति: सोमवार, पुष ६, २०७७, १२:४६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 49
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’
  • #कोरोना त्रास
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago