बैतडी - बैतडीको पाटन नगरपालिका वडा नं १ मा तालाबन्दी गरिएको छ । भूतपूर्व कर्मचारी पदमराज भट्टराईले सेवा सहितका हाजिर प्रमाणीत नगरेको भन्दै तालाबन्दी गरेका हुन् ।
विं.सं २०६८ साल देखि २०७५ साल पुस सम्म सामाजिक परिचालकको रुपमा काम गरेकोमा वडा कार्यालयबाट प्रमाणीत गर्न नमानेपछि तालाबन्दी गरेको उनले बताए ।उनले भने, "निशुल्क काम गरेको हाजिरी सहितको सेवा प्रमाणीत माग गर्दा कुनै सुनुवाइ नभएपछि ताला लगाउन बाध्य भयौँ " ।
हाजिर प्रमाणीत गर्न नमिल्ने भएकाले प्रमाणीत नगरेको र नगरपालिकाका प्रसानिक कर्मचारीहरुबाट हाजिर प्रमाणीत गर्न नमिल्ने बताएपछि आफुले नगरेको वडा अध्यक्ष गणेशदत्त भट्टराईले बताए ।