अत्तरिया - नेपाल काग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघ क्षेत्र नं ४ ले गोदावरी नगरपालिका भित्र घर दैलो अभियानको सुरुवात गरेको छ । अत्तरियामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै समस्या , उपाय र समाधान , नेबिसघंको घरदैलो अभियानको सुरुवात गरिएको हो ।
उक्त अभियान उध्ेश्य भनेको गोदावरी नगरपालिका भित्रका १२ ओटै वडाका २७ हजार घरदुरी अन्तर्गत न्युन आयस्तर भएका , बिपन्न र गरिबको रेखामुनी रहेकाहरुको घर घरमा पुगेर उनीहरुका समस्या पहिचान गर्दै समाधानको उपाय सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउने रहेको अभियानका संयोजक नेविसंघका नेता पदमराज ओझाले जानकारी दिए ।
उनले कोरोना कारण अहिले धेरै बिधार्थीहरुको आधा पढाई प्रभावित भएकाले उनीहरुलाई कसरी गाउँघरमै बैकल्पिक शिक्षा दिन सकिन्छ भन्ने बारे पनि अभियानमा अध्ययन गरिने बताए । यसका साथै गाउँघरमा पुग्दा कोरोना कहरले गर्दा निकै समस्यामा परेका दैनिक ज्यालामजदुरी गरेर खाने बर्गलाई नेविसंघका तर्फवाट गर्न सकिने सहयोग पनि गरिने बताए ।
वडा वडामा रहेका बिपन्न , असहाय र गरिब परिवर र पढ्ने बिधार्थीहरुको अबस्थाका बारेमा अन्तिममा एउटा प्रतिबेशदन तयार पारेरे नगरपालिका , जिल्ला प्रशासन लगाएतका सम्बन्धित निकायमा बुझाइने नेविसंघका क्षेत्रिय सभापति गणेश शाहले बताए ।
पत्रकार सम्मेलनमा नेपाली काग्रेश गोदावरी नगर कमिटिका सभापति हेमप्रकाश उप्रेती , काग्रेसवाट निर्वाचित वडा नं २ का सदस्य कमल कडायत , तरुण दल गोदावरी नगरकमिटिका सभापति शंकर खड्का लगाएत नेविसंघका नेता तथा कार्यकर्ताको उपश्तिथी रहेको थियो ।