अत्तरिया – २०७४ सालमा भएको निर्वाचनमा ७ वडामद्ये ३ वडामा काग्रेस विजय भएकोमा २०७६ मा भएको उपनिर्वाचनमा २ वडामा सिमित भएको छ । २०७४ को चुनावमा बाजुराको त्रीवेणी नगरपालिका–१, अछामको मल्लेख गाउँपालिका–५, र बैतडीकै सुर्नया गाउँपालिका–१ म कांगेस बिजयी भएको थियो । भने डोटीको आदर्श गाउँपालिका २ तत्कालिन एमाले, बैतडीको दोगडाकेदार गाउँपालिका–४ तत्कालिन एमाले, बैतडीको पुर्चौडी नगरपालिका–४ तत्कालिन एमाले, र कञ्चनपुरको पुर्नवास नगरपालिका ३ तत्कालिन एमाले बिजयी भएका थिए । अहिले तत्कालिनका नेकपा एमाले र नेकमा माओवादि केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ ।
अहिलेको चुनावी परिणाम यस्तो छ
थानीय तहको निर्वाचन भएको करिब अढाइ वर्षको अवधिमा रिक्त रहेका सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सातवटा वडा अध्यक्षका लागि शनिवार भएको मतदानको अन्तिम मत परिणाम यस्तो छ ।
पुर्नवासमा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा भएको उपनिर्वाचनमा नेकपाका उमेद्वार कृष्ण बहादुर तामाङ बिजयी भएका छन् । तामाङ ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन् । नेपाली काङ्कग्रेसका उम्मेदार दिलबहादुर तामाङले ३ सय १० मत प्राप्त गरे । यस्तै समाजबादीका उम्मेदार भिम प्राख्रिनले ७५ मत ल्याएका छन् भने राप्रपाका पदम बहादुर शाहीले ७ मत ल्याएका छन । ९ सय २४ मत खसेकोमा ४ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए । स्थानीय तहको निर्वाचनका बेला सो वडावाट अध्यक्षमा निवाचित भएका फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ आज उप निर्वाचन भएको हो ।
डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी
डोटी जिल्लाको आर्दश गाउँपालिका २ मा नेकपाका उम्मेद्वारा विजयी भएका छन् । शनिवार भएको उपनिर्वाचनमा नेकपाका रामबहादुर बोहरा ६ सय ६८ ल्याएर विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त पाए । स्वतन्त्र उम्मेदवार भूमिसिहं खड्काले १ सय ९१ मत प्राप्त गर्दा राप्रपाका कासिराम ओझाले १५ मत प्राप्त गरेका छन् । १ हजार ५ सय ९० जम्मा मत खसेकोमा ६० मत बदर भएको मुख्य निर्वाचन अधिकृत दलबहादुर मलासी जानकारी दिए । स्थानिय तहको निर्वाचनमा सो वडावाट निर्वा्चित प्रेमबहादुर बोहराको सवारी दुर्घटनामा परी मुत्यु भएकाले त्यहाँ उपनिर्वाचन भएको हो ।
बैतडीको सुर्नया गाउँपालिका १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी
बैतडी जिल्लाको सुर्नया गाउँपालिका १ मा नेपाली कांग्रेसका उम्मेद्वारा विजयी भएका छन् । शनिवार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वारा गजेन्द्रबहादुर चन्द २ सय १९ मत ल्याएर चन्द विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याएका छन् । ६१९ मतदाता मध्ये ४३८ मत खसेको सुर्नया १ मा ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । सो वडामा नेपाली कांग्रेसबाट निवाचित वडा अध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटना परी निधन भएकाले त्यहाँ उपनिर्वाचन भएको हो ।
दोगडाकेदार ४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट बिजयी
बैतडीको दोगडाकेदार ४ मा नेपाली कांग्रेसका उम्मेद्वारा सुरेन्द्र प्रसाद भट्ट विजयी भएका छन् । गएराती सम्पन्न अन्तिम मतपरिणाम अनुसार कांग्रेसका भट्ट ५ सय ८४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका नेकपाका नरेन्द्रप्रसाद भट्टले ४ सय ८४ मत मत प्राप्त गरे । यस्तै राप्रपा संयुक्तका देबसिंह खत्रीले ६ मत प्राप्त गरे । १ हजार ९८ कुल मत खसेकोमा २४ मत बदर भएको थियो ।
पुर्चौडी ४ मा नेकपाका शैलेन्द्र धानुक बिजयी
पुर्चाडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन् । ६ सय ६३ मत ल्याएर नेकपाका धानुक विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका गोबिन्द बहादुर धामीले ५ सय ५८ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरे । १ हजार ३ सय ३० मत खसेकोमा ७५ मत भने बदर भएको थियो ।
अछामको मेल्लेख गाउँपालिका ५ मा नेकपाका रमेश खड्का विजयी
अछामको मेल्लेखगाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उम्मेदवार विजयी भएका छन् । ७ सय ७८ मत ल्याउदै नेकपाका रमेश खड्का विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बीर बहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरेका छन । १ हजार ९ सय जम्मा मतदाता रहेकोमा १ हजार ३ सय ५६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा १५ मत बदर भएको निर्बाचन कार्यलयले जनाएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका १ छतारामा नेकपाका मनराज बुढा विजयी
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ छतारामा नेपाल कम्युनिष्ट पाटी नेकपाका उम्मेदवार विजयी भएका छन् । ३६७ मत ल्याउदै नेकपाका मनराज बुढा ’मिलन’ विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत ल्याएका छन् । जम्मा मतदाता संख्या १ हजार ३९ रहेकोमा ७२७ मत खसेको थियो । जसमा ११ मत बदर भएको छ ।
उपचुनाव प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभा तर्फ बागलुङ २ (ख), भक्तपुर १ (क) र दाङमा ३ (ख) मा शनिबार मतदान भएको थियो । यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा, फाल्गुनन्द गाउँपालिकामा प्रमुख, खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि मतदान भएको थियो ।