बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिकामा १ छतारामा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी नेकपा र नेपाली काँग्रेसले वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा आ आफ्ना उम्मद्वारले जित्ने तर्क गर्न थालेका छन । दुबै दलले सर्व सम्मत उम्मेदवार छनोट गरेका छन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षमा जितेका खम्म नेपालीको जीप दुर्घटनामा परी मृत्यु भएपछि त्रिवेणी १ छतारामा उप निर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि नेकपाले मनोज बुढा (मिलन) लाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले खगेन्द्र चदारालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पाटीले मिन ढोलीलाई उम्मेद्धार बनाएको छ । बिहीबार सबैले उम्मेद्वारी दर्ता गरेका छन् ।
पार्टीकै सर्वसम्मतीबाट पुरानै प्रतिस्पर्धी भएकोले मनोज बुढालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको नेकपाका सचिव भरत बुढाले बताएका छन् । तत्कालिन नेकपा एमालेबाट उम्मेद्धार बनेका मनोज बुढा ३५ मतले पराजित बनेका थिए ।
यता नेपाली काँग्रेसले खगेन्द्र चदारालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाटै प्रतिनिधीत्व गराउने लक्ष्य सहीत चदारालाई सर्वसम्मत उम्मेदवार बनाएको नेपाली काँग्रेसका जिल्ला सचिव रनसहिं अयडीले बताएका छन । तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ असार १३ गते जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।
त्रिवेणी नगरपालिकाका नौ वटा वडा मध्ये १ वटामा मात्र नेकपाले जितेको छ भने ८ वटा वडा सहित कार्यपालिकामा नेपाली काँग्रेसको भारी बहुमत छ । नगरपालिका जितेकै कारण वडामा पनि जित्न गाह्रो नहुने अनुमान काँग्रेस सचिव अयडीले बताए । तर नेकपाले भने उपनिर्वाचन जसरी पनि आफ्नो पोल्टामा पार्ने कसरत गरिरहेको छ । नगर कार्यपालिकाको बहुमत अल्पमत भन्दा पनि वैचारिक जितको विषय हो, संख्या भन्दा पनि चुनाव जित्ने कुरा भएकोले बलिया तयारी गरिएको नेकप जिल्ला सचिव भरत बुढाले बताएको छ ।
२०७४ सालको निर्वाचनमा तीन पार्टी बीचको चुनावी प्रतिस्पर्धा भएर पनि झिनो मतले पराजित हुनु परेको र पूर्व एमाले माओवादीको एकताले पनि मत थप हुने र जित्न सहज हुने आशा रहेको नेकपा सचिव बुढाले बताए ।
वडामा १०३९ जना मतदाता संख्या रहेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा ३६५ मतसहित नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको कार्यवाहक अध्यक्ष भुवने चदाराले बताएका छन् । तर उपनिर्वाचन त्यो भन्दा बढी कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
चुनावी तालमेल नमिलेकै कारण स्थानीय निर्वाचन हारे पनि उपनिर्वाचन पक्षमा आउने विश्वास नेकपाका त्रिवेणी नगरपालीका नगर कमीटी सचिव शन्तोस शाहीले बताए । छतारा जनयुद्धको आधार इलाका हो, त्यो गाउँले युद्ध सफल पार्न ठूलो सहयोग गरेको छ, त्यस कारण पनि जनताले नेकपालाई मतदान गर्नेमा नेताहरु आशावादी छन् ।