बैतडी - जिल्लाको सुर्नया गाउँपालिका ४ का वडा सदस्यको निधन भएको छ । ६० वर्षीय वीरसिंह साउँदको मंगलबार निधन भएको आफन्त केशव साउँदले बताए ।
लामो समयदेखी क्यान्सरको उपचार गराइरहेका साउँदको मंगलबार साँझ साढे ५ बजेको समयमा आफनै निवास सुर्नया ४ पालिगडामा भएको हो।
उनी गएको बैशाख ३० गते गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।