धनगढी - कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबैभन्दा धेरै ११ वटा वडा जितेर ठूलो दल बनेको नेपाली कांग्रेसका ८ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार महिला सदस्यतर्फ निशाकुमारी आउजी, मायाकुमारी भण्डारी, यशोदा भण्डारी, विन्दु तामाङ र सुुष्मा चौधरी तथा दलित वा अल्पसंख्यकतर्फ अनिल कुमार, चक्रबहादुर नेपाली र महादेव सुनार निर्विरोध निर्वाचित भएका हुन् ।
धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन गरेर चुनाव लडेपनि नेपाली कांग्रेसले कार्यपालिकामा भने एकल बहुमत पुगेपछि अरु दलको साथ नलिएको हो ।धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका थिए ।