धनगढी - सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म एक हजार एक सय ४३ मत गणना हुँदा पाँच सय २४ मतसहित हमाल अगाडि छन्।
सत्तागठबन्धनतर्फका उम्मेदवार कांग्रेसका नृपबहादुर वड तीन सय ३७ मतसहित हमाललाई पछ्याइरहेका छन्। नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार रणबहादुर चन्दले ४९ मत ल्याएका छन्। मतगणना जारी छ।