अत्तरिया - गोदावरी -१२ मा नेपाली काँग्रेस र एमाले ले बराबर मत पाएको छ । ६०० मतगणना हुँदा नेपाली काँग्रेस का उम्मेदवार भिम खड्का ले २०८ मत पाएका छन् । त्यस्तै नेकपा एमाले का उम्मेदवार नन्दु नेपाली ले पनि २०८ मत पाएका छन् । यस्तै एकीकृत समाजबादीले ६४ मत पाएको छ ।
त्यस्तै राप्रपाले ३४ र राष्ट्रिय जनमोर्चा को गिलास मा २९ मत पाएको छ । १२ नम्बर वडा बाट मेयर मा भने एमाले ले लिड गरेको छ । त्यहाँबाट अहिलेसम्म २ सय ३७ मत पाएको छ । काँग्रेस ले १२ नम्बर वडाबाट २०४ मत पाएको छ ।उपमेयर मा नेकपा एमाले को पक्षमा २३६ मत खसेको छ भने एकीकृत समाजबादी को पक्षमा १२६ मत खसेको छ ।