अत्तरिया -कैलालीको गोदावरी १ मा स्थानिय चुनावको सर्गर्मी अन्य वडा जस्तै बढेको छ । उम्मेदवारहरु घर दैलोमा ब्यस्त छन् । उक्त वडामा सबै पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । यदपी चुनाबी प्रतिष्पर्धा भने नेपाली काँग्रेस र नेकपा एमाले बिच हुने भएको छ । एमालेको तर्फबाट निबर्तमान अध्यक्ष शर्मानन्द भट्ट वडा अध्यक्षका उम्मेदवार हुन भने काँग्रेसको तर्फबाट गोपालदत्त भट्ट वडा अध्यक्षको उम्मेदवार बनेका हुन ।
गत निर्बाचनमा गोपाल दत्त भट्ट उनै शर्मानन्द भट्ट सँग पराजित भएका थिए । त्यो बेला शर्मानन्द माओबादीको तर्फबाट उम्मेदवार बनेका थिए। यस्तै माओबादीको तर्फ दिनेश शाह चुनाबी मैदानमा छन् । यो उनको चुनाबी पहिलो अनुभब हो । उनले वडा नम्बर १ मा अली अगाढी देखी कसरत गर्दै आएका थिए ।
शाहले पाउने मतभारमा नै शर्मानन्दको पोजिसन क्लियर हुने एकथरी बुझाई रहेको छ । तर भट्ट त्यो कुरो स्विकार गर्दैनन् । उनले भने -'वडा नम्बर १ मा एमालेको आफ्नै संगठन राम्रो छ । जित्ने कुरामा कुनै दुबिधा छैन ।'
भट्टले वडाका केही टोलमा गुनासा रहेपनी केही दिन यताको भेटघाटले जनताको आफु प्रतीको विश्वास कायमै रहेको दाबी गरे । आफुले अघिल्लो कार्यकालमा गरेको कामको मुल्याङन हुनेमा उनले बिस्वास ब्यक्त गरे । गठबन्धनमा रहेका उम्मेदवार बाट एक मात्रै उम्मेदवार बने एमालेलाई अप्ठ्यारो पर्न सक्ने बुझाई एमालेका केही नेताहरुको थियो । तर अब काँग्रेस माओबादी का अलग अलग उम्मेदवार बनेकाले पनि एमालेलाई वडा नम्बर एकमा जित्न सजिलो हुने एमाले नेताहरुको बुझाई रहेको छ ।
उता काँग्रेसका उम्मेदवार गोपालदत्त भट्टले पनि आफ्नो जित निश्चित रहेको बताए । उनले पनि वडा नम्बर एक मा काँग्रेस संगठन नै बलियो भएकाले जित्ने आधार पनि त्यही रहेको जिकिर गरे । 'सबै पार्टीका आ आफ्नै उम्मेदवार छन् । पार्टीको संगठन पनि आ आफ्नै खालका छन् । बाँकी रह्यो ब्यक्तीका आफ्ना भोटहरु पनि हुन्छन,' गोपालले भने ,'काँग्रेसको संगठन पनि राम्रै छ । म यो समाजमा धेरै लामो समय देखी घुलमिल पनि छ । जनताले मलाई जिताउने मा म आशाबादी छु ।'
यस्तै सोही वडामा पूर्व एमाले नेता लक्ष्मीराज पन्तले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यदपी उनी संग संगठित मत धरै नभएपनी सानो सानो अंकगणितमा उनले पाउने मतले पनि जित हार निर्धारण हुन सक्ने बुझिएको छ ।
गोदावरी को वडा नम्बर १ मा झन्डै ६ हजार ६ सय ५० मत मतदाता रहेका छन् । जसमा चौधरी सामुदायका मात्रै १३६४ को हारहारीमा छन्