अत्तरिया – नेकपा एमालेका का केन्द्रिय सचिव लेखराज भट्टले गोदावरी नगरपालिका – १ मा निर्माणाधिन मोटरेवल पुलको निरिक्षण गरेका छन । आफ्नै वडामा रहेको उक्त पुलको आज उनले निरक्षण गरेका हुन । पुलको निरीक्षण गर्दै भट्टले पुल निर्माण को कार्य छिटो सक्न आफुले पहल गर्ने बताए ।
उनले विगतमा पुल निर्माणको काम केही सुस्त भएपनी अब पुल निर्माणको कार्य तिब्र गतिमा अगाडी बढाइने बताए । उनले उक्त पुल निर्माण भए पछि अत्तरियामा रिङरोड निर्माणको कार्यलाई पनि जोड्न सकिने योजना सुनाए । पुल निर्माण भएपछि चैतन्यपुरको अत्तरिया सँग सिधा संपर्क हुने भएको छ । बिगतमा पल नहुँदा चैतन्यपुरका बासिन्दाले धेरै नै दु:ख पाएको स्थानियको गुनासो रहेको छ ।
पुलको भट्ट स्वयमले २०७६ मंसिर २१ गते शिलान्यास गरेका थिए । २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी रमन केएस जेभीसँग ६ करोड ७ लाख १ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल ६० मिटर लम्बाई र ७ मिटर चौडाई रहेको छ ।