चितवन -चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशन सकिएको छ । नयाँ नेतित्व चयन गर्दै महाधिवेशन सकिएको हो । नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन्। तीमध्ये पाँच जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन्।अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो। १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।
यी हुन् एमालेका नयाँ पदाधिकारी
अध्यक्ष- केपी शर्मा ओली (१८०८)
वरिष्ठ उपाध्यक्ष- ईश्वर पोखरेल (निर्विरोध)
महासचिव- शंकर पोखरेल (निर्विरोध)
उपाध्यक्षहरू
अष्टलक्ष्मी शाक्य (१९७६)
सुरेन्द्र पाण्डे (१९२५)
सुवास नेम्वाङ (१८६५)
विष्णु पौडेल (१८५६)
युवराज ज्ञवाली (१८४२)
रामबहादुर थापा 'बादल' (१७६८)
उपमहासचिवहरू
प्रदीप ज्ञवाली (निर्विरोध)
पृथ्वीसुब्बा गुरूङ (निर्विरोध)
विष्णु रिमाल (निर्विरोध)
सचिवहरू
गोकर्ण विष्ट (१९७६)
योगेश भट्टराई (१९६४)
पद्मा अर्याल (१८००)
छबिलाल विश्वकर्मा (१८००)
लेखराज भट्ट (१७०४)
टोपबहादुर रायामाझी (१७००)
रघुवीर महासेठ (१५१३)