कन्चनपुर - सुदुरपश्चिम प्रदेश कै गौरबको योजनाको रुपमा रहेको कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले स्वागत गरेकी छिन ।
हेलिकोप्टर मार्फत सिधै काठमान्डौबाट बेतकोट नगरपालिका २ मा बनाएको हेलीप्याडमा अबतरण गरेका प्रधानमन्त्री ओलीलाई प्रदेश प्रमुख पन्तले स्वागत गरेकी हुन् ।
सरकारी निकायले आयोजना गरेको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन् । यस अघि प्रधानमन्त्री धनगढी आउँदा पनि मुख्यमन्त्री भट्टले स्वागत गरेका थिएनन् । तर त्यो बेला प्रधानमन्त्री नेकपाको आफ्नो समुहले गरेको कार्यक्रममा आएको भन्दै स्वागत गर्न नगएको मुख्यमन्त्री भट्टले बताउँदै आएका थिए ।
आजको कार्यक्रम सरकारी तवरबाटै आयोजना गरिएको भएपनी भट्ट सहभागी भएनन् । आफ्नै प्रदेशमा यती ठुलो परियोजना को उदघाटनमा प्रदेश सरकारको उपस्थीती नहुनु लाई स्थानियले भने प्रदेश सरकारको चर्को आलोचना गरेका छन् ।
यदपी नेकपा ओली इतर समुहका बेतकोट नगरपालिकाका मेयर अशोक चन्दले भने खुलेरै कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।