कैलाली -प्रचण्ड नेपाल समुहका सुदुरपश्चिम इन्चार्ज भिम रावलले संबिधान बनाउने बेला अखण्ड सुदुरपश्चिमको नारा केबल सुदुरपश्चिमलाई मात्रै एक बनाउने कुरो नभएर देश नै एक बनाउन भनिएको बताएका छन् । आज घोडाघोडीमा आयोजित कार्यकर्मलाई बोल्दै उनले यस्तो बताएका हुन ।
'टिकापुरमा जुन घटना घट्यो त्यो दुखद हो,' पूर्व गृहमन्त्री समेत रहेका नेता रावल ले भने,' थारु पहाडी मिलेर बस्नु पर्ने र सबैका अधिकार सुरक्षित हुनुपर्दछ ।'
'त्यो बेला थारु र पहाडी का बिचमा द्वन्ध हुने देखेपछी मैले रेशम चौधरीलाई फोन गरे उँहा नेपालगन्ज हुनुहुन्थ्यो उनले मलाई अंकल भनेर बोलाउने गर्थे बाबु! देश रहे थारु पहाडी रहे मात्रै देश रहन्छ , उनले मलाई कैलाली पठाउने ब्यबस्था गर्नुस म गएर समाधान गर्छु मैले कैलाली र नेपालगन्जका सिडिओहरुलाई फोन गरेर सुरक्षित कैलाली पुर्याए ,'रावलले भने,' टिकापुर घटना घटेपछि फेरी रेशमले मलाई फोन गरे अब के गर्ने मैले भने बक्तब्य जारी गर्नुस उनले बक्तब्य जारी गरे त्यसपछि उनी कता लागे मेरो सम्पर्क भएन इतीहास साक्षी छ ।'
रावलले टिकापुरमा ठुलो षडयन्त्र गरेर ठुलो घटना गराउने योजना रहेको समेत दाबी गरे ।