अछाम -नेकपा अध्यक्ष एबम प्रधानमन्त्रि केपी ओली समूहका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्ति संग संगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताएका छन् । सोमबार अछाम सदरमुकाम मंगलसेनमा भएको पार्टीको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता बोहोराले यस्तो बताएका हुन । उनले पार्टी विभाजन हुनुमा माधव - प्रचण्ड समुह बढि दोसी रहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने जिकिर गरे । प्रधानमन्त्रीले गरको राम्रो काम देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको उनको भनाइ थियो ।