धनगढी -नेकपा केन्द्र देखी नै दुई समुहमा बांडिएपछि सुदूरपश्चिम प्रदेशमा पनि नेताहरु आफ्नो कित्ता क्लियर गर्न थालेका छन् । सुदुरपश्चिमका दुई मुख्य नेता लेखराज भट्ट र भिमरावल अलग अलग समुहमा गएपछि त्यसको असर तल्लो कमिटी सम्म पर्ने देखिन्छ । नेता भिम रावल विगतदेखि नै माधव नेपाल समूहका नेता मानिन्छन् भने उनी त्यही समुहमा रहेका छन् ।
लेखराज भट्टले भने आफ्नो धार परिबर्तन गर्दै ओली क्याम्पमा गएका छन् । प्रदेशका केही साँसद र नेताहरु अझै खुल्न चाहेका छैनन । यँहाको राजनितीमा माथिको समुह भन्दा पनि लेखराज र भिम रावलको कित्तामा उभिने क्रम बढने देखिन्छ ।
सुदूरपश्चिमका अर्का नेता कर्ण थापा विगतदेखि नै ओली समूहमा थिए । पूर्व माओबादी समुहका नेता खगराज भट्ट प्रचण्ड समूहमै छन् । लेखराज भट्ट ओली समूहमा लागेपछि पछिल्लो समय सुदुरपश्चिममा रावल पछि प्रचण्ड- माधव समुहले खगराजलाई अगाडि बढाउँदै जाने सम्भाबना देखिएको छ ।ओली सरकारको मन्त्रीबाट राजीनामा दिएकी बिना मगर प्रचण्ड समूहमै छिन् । उनी कञ्चपुरबाट प्रत्यक्ष निर्वाचित सासंद पनि हुन।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिचोलन भट्ट पनि प्रचण्ड समूहमा छन् । उनलाई मुख्यमन्त्री बनाउन लेखराज भट्टले नै अगाडी सारेका थिए । मुख्यमन्त्री भट्ट पनि पूर्व माओवादी नेता हुन् । नेता दीपकप्रकाश भट्ट प्रचण्ड - माधव समूहमै छन् । डोटीका नेता प्रेम आले ओली समूहमा छन् । उनी प्रत्यक्ष निर्वाचन जितेका नेता हुन् । निरुदेवी पाल ओली समूहमै छिन् । उनी विगतदेखि नै ओली समूहमा थिइन । दार्चुलाका नेता तथा सांसद गणेश ठगुन्ना पनि ओली समूहमै छन् । प्रदेशका आन्तरिक कानुन मन्त्री प्रकाश शाह बिगत देखी नै माधव समुहमा नै थिए । झपट रावल पहिले देखी नै माधव समुह कै नेता हुन ।