काठमाण्डौ –बिगत केही समय यता विप्लव समुहका नेताहरु धमाधम नेकपामा प्रबेश गरिरहेका छन् । सरकार बिप्लप समुह प्रती आक्रामक बन्दै गएपछि सो पार्टीका नेताहरुमा पार्टी छोड्ने क्रम बढेको छ । यस्तै सोमबार प्रवास ब्युरो ३ नम्बर जिल्ला ईन्चार्जले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका छन् । नेकपा विप्लव समूह निकट प्रवास ब्युरो को ३ नम्बर जिल्ला ईन्चार्ज (महाराष्ट्र भारत) तथा ब्यूरो सदस्य ललित ताम्राकार (अभियान) ले विप्लव समूह परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन । उनलाई नेकपाका स्थायी समिती सदस्य तथा पुर्वमन्त्री लेखराज भट्टले अविर खादा लगाएर स्वागत गरे ।