एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ।
मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ। बुधबार हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार ३:३० बजे निधन भएको हो।
प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्वीट गरेका छन्, “एक गौरवमय शताब्दी भगवानको चरणमा शान्त छ‘ आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा, प्रतिबद्ध जीवन, एक निस्स्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको अवतार।”
यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए।